Follow @khasokhasmag

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको उपचारको क्रममा आइतबार दिउसो नर्भिक अस्पतालमा निधन भएको हो ।

रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनलाई केही दिन अघि अस्पताल पुराइएको थियो ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

तुलाधरले आफैं २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । त्यो बेला उनले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए ।

सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई कम्युनिष्ट पार्टीहरूको समर्थन थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो । त्यसपछिको आम चुनावमा तुलाधर स्वतन्त्र उम्मेद्वारका रूपमा काठमाडौं उठेका थिए ।

त्यसबेला कांग्रेस नेतृ मंगलादेवी सिंहलाई तुलाधरले हराएका थिए । बहुदलकालमा तुलाधर मानवअधिकारवादी र २०६२ र ६३ को आन्दोलनताका नागरिक समाजको अगुवाका रूपमा परिचित थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com