युवा स्वरोजगार कोषमा व्यापक घोटाला


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार ७ सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो ।

केन्द्रले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको देखिएको छ । ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताउनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सञ्चालक समितिले अभिमुखीकरण तालिमका लागि निश्चित मापदण्ड बनाएको भएपनि अनियमितता भएको भेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com