कतार एयरवेजको विमान अवतरण गर्नेक्रममा दुर्घटना


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो ।

विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो । अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com