२०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता गराउन फिफाकाे प्रस्ताव


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

सन् २०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता गराउन सकिने फिफाले जनाएको छ ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले २०२६ विश्वकपबाट सुरु गर्ने ४८ टिमको प्रतियोगिता २०२२ मै सुरु गर्न प्रस्ताव गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेकाे एसियाली फुटबल महासंघको नयाँ मुख्यालयको उद्घाटन कार्यक्रममा इन्फान्टिनोले याे कुरा बताएका हुन् ।

तर ४८ टिम खेलाउनका लागि कतारले त्यस क्षेत्रका अन्य देशसँग अयोजनाको अधिकार बाँड्नु पर्ने धारणा फिफा अध्यक्षले राखेका छन् ।

२०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोले ४८ टिम खेलाउने निर्णय भइसकेको अवस्थामा २०२२ मा गर्न कुनै समस्या नभएको अध्यक्ष इन्फान्टिनोले बताए । उनले भने, ‘यो कुरा सम्भव छ कि छैन भनेर अध्ययन गर्दैछौं । कतारी साथीहरुसँग पनि निरन्तर छलफल गर्दैछौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com