बन्दुकको कुरा गर्दा अमेरिकी कलेजबाट नेपाली विद्यार्थी निष्काशित, अपराधको अभियोगमा मुद्दा


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

हजुरबाले चलाउने बन्दुकको कुरा गर्दा अमेरिकाको न्यु ह्याम्शायरको न्यु लण्डनमा रहेको कोल्बी शोयरमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई कलेजबाट निष्काशन गर्नुका साथै अपराधको अभियोगमा मुद्दा चलाइएको छ । २१ बर्षीय सुप्रज्ञ रिजाललाई आपराधिक धम्कीको अभियोगमा मुद्दा चलाइएको हो ।

रिजालले अर्का विद्यार्थीसँग आफ्नो बाल्यकालको बारेमा कुरा गरेको र हजुरबाले बन्दुक चलाउने गरेको तथा आफूलाई पनि सिकाएको बताएको जनाएका छन् । यसरी कुरा गरेपछि क्याम्पसको सेक्युरिटीले प्रहरीलाई खबर गरेको थियो । बन्दुकको कुरा गर्दा धम्की दिएको अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

धम्कीको अभियोग प्रमाणित भएमा रिजाललाई अमेरिकाबाट देशनिकालासमेत हुनसक्ने जनाइएको छ । रिजालको मुद्दा कन्कोर्डको अदालतमा चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com