प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकद्वारा जानकारी ( भिडियाेसहित)


प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार आएको छ । हिजो बिहान ४ः३० बजे अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आजसम्म स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो ।

आजसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले रोगलाई जित्नुभएको प्रमाण दिनुभएको छ । उहाँले आज बिहान चिकित्सकलाई समेत चकित पार्दै बिहानीको सवै नित्यकर्म आफै गर्नुभएको छ । प्रधामन्त्रीको उपचारमा संलग्न चिकित्सक अरुण सामायीका अनुसार प्रधानमन्त्री ओलीमा आज निकै सुधार आउनुका साथै रोगलाई परास्त गरेकोप्रमाण ब्यवहारबाट दिनुभएको छ ।

“प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ,” प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्राडा सायमीले भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको मुहारमा पनि निकै चमक आएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले आज बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना हुनुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com