मलेसियाका मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा, श्रम सम्झौतामा ११ बजे दुर्इ देशबीच हस्ताक्षर हुने


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् ।

हिजो राती ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।

नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार, मलेसियासँगको श्रम सम्झौतामा ११ बजे दुर्इ देशबीच हस्ताक्षर हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com