छक्कापञ्जा ३ की नायिकाको रियल इन्गेज्मेन्ट


प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार

चलचित्र ’ऐश्वर्य’ बाट डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईँले सोही चलचित्रका निर्देशक दीवाकर भट्टराईसँग इन्गेज्मेन्ट गरेकी छिन् ।

केही हप्ता अगाडि नै इन्गेजमेन्ट भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो । शनिवार दीवाकर आफैंले सामाजिक सञ्जाल मार्फत दीपिकासँग आफ्नो इन्गेज्मेन्टको खबर सार्वजनिक गरेका हुन् । दीपिकाले फोटो अपलोड गर्दै एण्ड ही इज माइन फाइनल्ली अर्थात अन्ततः उनी सधैंकालागि मेरो भए भन्ने स्टाटस पोष्ट गरेका छन् । दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् ।

दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अहिले दीपिका अभिनित नयाँ चलचित्र ’छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ चलचित्र ’क्याप्टेन’ शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् । दीपिका र दीवाकर ’ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com