अष्ट्रेलियाको एयरपोर्टमा मोबाइल चेक भएपछि पक्राउ परे एक भारतीय विद्यार्थी


प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार

अष्ट्रेलियाको पर्थ एयरपोर्टमा एक भारतीय विद्यार्थी पक्राउ परेका छन् । २१ वर्षका ती विद्यार्थीको भिजिटर भिसा रद्द भएको छ भने थप कारबाही समेत हुने भएको छ ।

ती युवक ९ अक्टोबरमा क्वालालम्पुरको फ्लाइटबाट आएका थिए । अष्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरुले उनको झोलाहरु जांच गरेपछि मोबाइल फोन जांच गरे ।

उनको मोबाइल फोनमा अश्लिल सामग्री ( नौ वटा भिडियो र ६ वटा फोटो ) भेटिए । र ती सामग्रीहरुमा बालबालिकालाई यौन गतिविधिमा संलग्न गराइएको थियो । अधिकारिहरुले उनको मोबाइल फोन जफत गरेर उनलाई पक्राउ गरेको थियो ।

बालबालिकालाई गलत काममा लगाइनुलाई अष्ट्रेलियामा गम्भीर अपराधको रुपमा लिइन्छ ।

स्रोत : एसबिएस न्युज

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com