रेखा थापाको चलचित्र ‘मालिका’को दमदार ट्रेलर रिलिज


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

रेखा थापाको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा रेखाको दमदार एक्सन देखिएको छ ।

रेखाको हरेक चलचित्र झैँ ‘मालिका’मा महिलालाई केन्द्रमा राखिएको छ । रेखा थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा नारा कार्की र रेखाकै कथा रहेको छ ।

चलचित्रमा शिवम अधिकारीको पटकथा, सुरेश अधिकारी र एसडी योगीको संगीत छ । चलचित्रमार्फत अछामकी एक किशोरी कमला ओलीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com