आमालाई छोराको अभाव महशुस नहोस् भनेर २० वर्षीया युवतीले गरिन् बाबुको श्राद्ध


प्रकाशित मिति : आश्विन १२, २०७५ शुक्रबार

कपिलवस्तुमा एक किशोरीले आफ्नो दिवंगत बाबुको श्राद्ध गरेकी छिन् । छोराले मात्र बाबुको श्राद्ध गर्नुपर्छ भन्ने धार्मिक मान्यतालाई चिर्न जिल्लाको वाणगंगा नगरपालिका-९ भलवाड निवासी २० वर्षीया पूजा खनालले स्वर्गीय पिता टिकाराम खनालको पितृकार्य गरेकी हुन्।

सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीमा बीएड चौथो वर्षमा अध्ययन गर्दै गरेकी खनालले भनिन्,पितृकार्य तथा देवकार्य पुरुषले मात्र गर्नुपर्छ भन्ने छैन, त्यो केवल अन्धविश्वास हो, जन्म दिने आमाबुबा छोराछोरी दुवैका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्, बुबा आमाका लागि छोराले जेजे गर्न सक्छन्, त्यो सबै छोरीले पनि गर्न सक्छन्।

उनको घरमा घरमा ६जना दिदीबहिनी छन्।उनले भनिन् आमालाई छोराको अभाव महशुस नहोहोस् भनेर मैले सो कार्य गरेकी हुँ, सातौँ सन्तानको रुपमा रहेकी खनालले ८ वर्षकी हुँदा बुबा गुमाएकी थिइन्।दिदीहरुको विवाह भइसकेकाले घरको सम्पूर्ण जिम्मेवारी आमासँगै खनालले लिएकी छिन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com