भारतमा कञ्चनपुरका एक नेपालीको घाँटी रेटेर हत्या


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

रोजगारीको सिलसिलामा भारतको राजधानी दिल्लीमा लामो समयदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका कञ्चनपुरको बेलडाँडी गाउँपालिका – ९ का ६५ वर्षिय राम बहादुर सार्कीको घाँटी रेटी हत्या भएको छ । दिल्लीको सब्दरजन इन्किलिपमा बुधबार राती २ बजेतिर घाटी रेटि हत्या भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ ।

डि.सि.पी. साउथ इन्डियन नामले फेसबुक खोलेका भारतको नागाल्यान्डका एक ब्यक्तीले हत्या गरेको दिल्ली प्रहरीले जनाएको छ । सिसिटिभी क्यामराको सहायतामा दिल्ली प्रहरीले अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

नाम सार्वजनिक नगरिएका उक्त अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको महाजित (राहुल)ले हाम्रै साझा पत्रीकालाई जानकारि दिएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी अनुसन्धानमा अभियुक्तले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ । अभियुक्तले आफू सधैँ रातीमा आउने गरेको र आउँदा सधै आफुलाई सधै केरकार गर्ने हुँदा रिसको झोकमा चक्कु प्रयोग गरि हत्या गरेको दिल्ली प्रहरीसंगको बयानमा अभियुक्तले बताएका छन । यद्यपि घटनाको अनुसन्धान जारी रहेको दिल्ली प्रहरीले जनाएको छ ।सार्की लामो समयदेखि दिल्लीमा आफ्नो स-परिवार सहित बस्दै आएका थिए । १०/१२ बर्ष देखी सेक्युरिटी गार्डको काम गर्दै आएका उनको कसै संग पनि दुश्मनी नभएको उनका जेठा छोरा प्रकाश सार्कीले बताए । मिलनसार स्वभावका आफ्ना पितालाई बिनाकारण हत्या गरेकाले दोषीलाई हदैसम्मको कारबाहि हुनुपर्ने बताए ।

अधिकांश अशिक्षित र गरिव वर्गका नेपाली यसरी भारत पुगेर काम गर्ने गर्दछन । विभिन्न समयमा आउने कानुनी जटिलता तथा अन्यायमा पर्दा समेत नेपाली समस्या पर्ने गरेका छन

पछिल्लो समय, कामको खोजीमा भारत पुग्ने र बिनाकारण ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन बड्दो क्रममा भैरहेता पनि नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण हुन सकेको छैन । भारतका विभिन्न शहरमा नेपालीले अनाहकमा ज्यान गुमाउदा न्याय तथा क्षतिपूर्ति पाउन निकै कठिन हुने नेपाली समाजका अगुवाहरु बताउछन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com