प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम समेत हुन नसक्दा लाजले शीर झुक्यो


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

– रविन बज्राचार्य

हामी परदेशमा बसेर नेपाली हौं भनेर विश्वसामु बडो गर्व गर्छौं । प्रवासमा बसेर पनि हामी नेपाली हौं भनेर नागरिकताको निरन्तरताको माग गरिराखेका थियौं । नेपाल सम्मै गएर पनि हामी नेपाली हौं, नेपाललाई दुखेको बेला हामीलाई पनि दुख्छ, नेपालको विकासमा हामी पनि सहभागी बन्न चाहन्छौं, हामीलाई धार्मिक , सांस्कृतिक र सामाजिक अधिकार सहित अन्य नेपाली सरह अधिकारयुक्त नागरिकता दिनुस भनेर बिभिन्न सांसदहरुलाई भरोसा दिलाएर , पहल गरेर फर्केको दुई हप्ता पनि भएको छैन । तर बहुमत नेपाली जनताले , निर्वाचनबाट चुनिएका, सरकार चलाउने जिम्मेदवारी पाएका मेरो जन्म भूमि, मेरो प्यारो देश नेपालका सरकार प्रमुख, सम्माननीय प्रधानमन्त्रीमाथीको न्युयोर्कमा भएको अपमानबाट मेरो शीर झुकेको छ ।

सम्माननिय प्रधानमन्त्रीज्यू देशको प्रतिनिधित्व गरेर सरकारी कार्यको लागि अमेरिका आउनु भएको हो । तसर्थ सरकार प्रमुखको अपमान गर्नु भनेको देशकै अपमान गरेको ठहरिने छ । मेरो कर्मभूमिमा हाम्रा धेरै जान्ने बुझ्नेहरुले गरेको यस अपमानको लागि म सम्पूर्ण नेपाली जनताहरुमा क्षमा माग्न चाहन्छु ।

यसका लागि प्रमुख दोषी माननीय राजदूतज्यू लगायत राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्क हो । देशकै प्रधानमन्त्री आएको बेला उहाँको सम्मानमा किन एउटा स्वागत कार्यक्रम समेत आयोजना गर्न सकिएन ? किन संबिधान जलाउनेहरुको समेत आयोजनामा स्वागत कार्यक्रम तयार पारियो ? यो प्रश्नको जवाफ जनतालाई दिनु पर्नेहुन्छ । हिजोका दिनमा कार्यक्रम गर्न आतुर एनआरएन अन्तिम अवस्थामा आएर किन पन्छिए ? यसबारे एनआरएन अमेरिकाले जवाफ दिने कुरामा चै म बिश्वस्त हुन सकिन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीज्यू नेकपाको मात्रै प्रधानमन्त्री हुनुहुन्न । उहाँ सम्पूर्ण नेपालीका प्रधानमन्त्री हुनुहुन्छ । उहाँको पार्टीको समर्थक म नभएपनि उहाँ मेरो प्रधानमन्त्री हुनुहुन्न भनेर भन्न मेरो नैतिकताले दिंदैन । प्रजातन्त्रमा बिश्वास गर्नेले जनताको अभिमत मान्नैपर्ने हुन्छ ।

यसो भन्दै गर्दा वर्तमान सरकारले गर्दै गरेका कमीकमजोरीलाई म बिर्सन चाहन्न । बढ्दो भ्रष्टाचार र अपराधको म पनि खुलेर बिरोध गर्दछु । आर्थिक लगानीको लागी सुरक्षा र सुव्यवस्थाको म पनि माग गर्दछु । उहाँका कतिपय कार्य शैलीमा मेरो पनि विरोध र विमती छ । तर पनि उहाँ हाम्रो सरकार प्रमुख हुनुहुन्छ । र म उहाँलाई न्यूयोर्कमा स्वागत गर्न चाहन्छु । विरोधको लागि विरोध मात्रै गर्नु र कालो टालो देखाउनुको सट्टा म रातो कार्पेटमा स्वागत गर्न चाहन्छु ।

अझै पनि समय छ । न्यूयोर्कमा रहेका हामी सबै नेपाली मिलेर प्रधानमन्त्रीज्यूको सम्मान गरौं । एउटा नयाँ चलनको शुरुवात गरौं । एक किसिमको सौहाद्रता देखाऔं । शिष्टाचार देखाऔं । अतिथी देव भव : को मन्त्र जप्ने नेपालीले नेपालकै प्रधानमन्त्री आउँदा समेत सम्माननीयलाई अपमाननीय बनाएको देख्दा लाजले आज यो मेरो शीर झुकेको छ ।

बज्राचार्य न्युयोर्क निवासी एनआरएन अभियन्ता हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com