पशु भनिएर चिनिने कुकुरले एउटी चेलीको रक्षा गरिरहेको बेला….


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

मानिसहरु भन्छन् कि जनावरहरु अबुझ हुन्छन् । उनीहरुमा भावना हुदैँन । तर सत्य यो हो कि जनावरहरुमा पनि भावना हुन्छ । मानिस र जनावरमा फरक यत्ति छ कि मानिसहरु आफ्नो भावनालाई व्यक्त गर्न सक्छन् तर जनावरहरु सक्दैनन् ।

हिजो मात्र बिहान सडकमा एक युवक पत्रिका किनेर आउँदै थिए  । त्यहाँ उनले एक युवती अशक्त अवस्थामा सडकको पेटिमा सुतिरहेको देखे । ती युवती हेर्दा मात्र १७, १८ बर्षकी जस्ती देखिन्थिन् । उनी निकै बिरामी र कमजोर अवस्थामा त्यहाँ सुतिरहेकी रहिछिन् । सडकभरि मानिसहरु हिडिरहेका थिए तरपनि कसैले ती महिलाको सहयोग गरेका थिएनन् । जब ती युवक युवतीको नजिक गए अचानक एउटा कुकुरले उनको बाटो छेक्यो । ती युवक युवतीको छेउमा जान खोज्ने बित्तिकै त्यो कुकुर ती युवकलाई टोक्न खोज्थ्यो किनकी ती युवतीको सुरक्षा त्यही कुकुरले गरिरहेको थियो । एउटा जनावर भएर पनि त्यो कुकुरले ती युवतीको सुरक्षा गरिरहेको थियो ।

कुकुरले आफूप्रति गरेको व्यवहार देखेर युवक छक्क परे । उनलाई लाग्यो कि त्यो कुकुरले ती युवतीको रातिदेखि नै सुरक्षा गरिरहेको रहेछ किनकी त्यो कुकुर निकै थकित देखिन्थ्यो । यो उदाहरणबाट हामीले के बुझ्न सक्छौँ भने आजको जमानामा एउटा मान्छेले मान्छेको सहयोग गर्न सक्दैन तर त्यो जनावरमा भने मान्छेको लागि भावना लुकेको छ ।

अहिले नेपालमा दिनप्रतिदिन बलात्कारको घटना घटिरहेको समयमा पशु भनिएर चिनिने कुकुरले एउटी चेलीको रक्षा गरिरहेछ भने मानिसहरु चाहिँ किन यति निच र पापी भएका छन् ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com