प्रधानमन्त्री ओलीबाट राष्ट्रीय स्वाभिमानप्रति अटल रहेको सन्देश प्रवाह


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

– राधाकृष्ण देउजा

अमेरिकाको न्युयोर्कमा एसिएन सोसाइटीले आयोजना गरेको सक्षात्कार अन्तरक्रियामा सोधिएको प्रश्नहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी ओलीले आफु आवद्ध पार्टीका कार्यकर्ता मात्रै हैन समग्र नेपालीहरुले गौरव गर्न सक्ने उत्तर दिनु भयो ।

छोटो अन्तरक्रियाको दौरानमा पनि प्रधानमन्त्री ओलीले नेपालको स्वाधीनता र सार्वभौमसत्ता प्रतिको आफ्नो दृढता अनि कम्जोर हुँदा पनि आफ्नो आत्मसम्मानलाइ कायम राख्ने नेपाली प्रतिवद्धतालाइ दुनियाले बुझ्ने गरेर प्रष्ट पारिदिनु भयो ।

त्यस अन्तरक्रियाको दौरान सोधिएको थुप्रै प्रश्न मध्य एउटा प्रश्नको उत्तर दिने दौरान उहाँले भन्नु भयो – ‘हामी नेपालको सर्वोपरी विकाश गर्न चाहन्छौं , त्यो पनि छिट्टै गर्न चाहन्छौं । त्यसो गर्न हामीलाई सहयोग देखि ऋणसम्मको जरुरत पर्छ , हामी त्यसरी गरिने सहयोगहरुलार्इ सहृदय स्वीकार गर्दछौं तर त्यस्ता सहयोगहरु हाम्रो आवश्यकता र प्राथमिकतामा आधारित हुनुपर्छ । नेपाल र नेपालीको स्वार्थमा निहित नहुने कुनै सहयोग स्वीकार्य छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रको स्वाभिमान प्रति अटल रहेको प्रष्ट संदेश प्रवाह गर्न सक्ने प्रधानमन्त्रिको त्यो जवाफ सुन्ने, पढ्ने जोकोही पनि उहाँ प्रति नतमस्तक हुने प्रष्ट छ ।

अरु त अरु राजनीतिक धर्म निभाउने नाममा प्रवासमा पनि उहाँको विरोध गर्न बाध्य भएको पंक्तिमा रहनेले त्यो अन्तरक्रिया हेर्दै गर्दा कमसेकम आफ्नो परिवारका सदस्यहरुसंग मात्रै भएपनि पक्कै भन्नु भयो होला – ‘वाह रे वाह यस्तो पो प्रधानमन्त्री ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com