तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सानुमाया
प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार
तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ निर्वाचित भएकी छन् । समाजको प्रथम अधिवेशनबाट सानुमायाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्धिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ, सह कोषाध्यक्ष सजुन थोकर तामाङ, बोर्ड अफ डाइरेक्टर उनिशा थिङ, रिनु लामा तामाङ, विष्णुमाया मोक्तान तामाङ, रोजबहादुर घिसिङ, अरुणा रुम्बा तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।
समाजको बिधान अनुसार १९ सदस्यीय कार्यसमितिमा निर्वाचत अध्यक्षले ३ जनालाई मनोनित गर्ने प्रावधान रहेको छ । समाजको अधिवेशनको निर्वाचन प्रमुख भरत मोक्तान रहेका थिए ।
निर्वाचित अध्यक्ष सानुमायाले तामाङ समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिँदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायि भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छन् ।
समाजको अधिवेशन उद्घाटन कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव भोजराज थोकर, जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष बिष्णु सुेवदी, महासमिति सदस्य तथा संगठन बिभाग प्रमुख बेद खरेल, नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका पूर्व अध्यक्ष लुईसाङ वाईवा तामाङ, मधेशी एसोशियशन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र शाह, रिजउड नेपाली समाज अमेरिकाका अध्यक्ष रविकिरण कोइराला, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, जनसम्पर्क समिति लङआईल्याण्ड शाखा अध्यक्ष विश्व वास्तोला, महासचिव राजन गौली लगायतले शुभकामना व्यक्त गरेका थिए ।