दशैँलाई ४० अर्बको नोट


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

नेपाल राष्ट्र बैंकले दशैँलाई लक्ष्यित गरेर ४० अर्ब रुपैयाँको नयाँ नोट ल्याउने भएको छ । तर सर्वसाधारणलाई सहज होस् भनेर बैंक छलफलमै छ ।

नागरिक दैनिकका अनुसार, ३ दिनपछि सटही शुरु हुने दिन र तौरतरिका टुंगो लाग्ने छ । अघिल्लो वर्ष दशैँमा ५, १०, २०, ५० र १०० का २७ हजार रुपैयाँसम्म नोट साट्न सकिने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले अघिल्लो वर्ष पनि दशैँ लक्ष्यित गरेर ४० अर्ब रुपैयाँका नयाँ नोट निष्काशन गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com