सर्जक पन्तको ‘सालको पातको टपरी’ गित बजारमा


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

डाँडै फुर्के सल्लो जस्ता कयन चर्चित गितहरुका सर्जक नवराज पन्तको नयाँ गित ‘सालको पातको टपरी’ सार्वजनिक भएको छ । उत्कृष्ट शब्द चयनमा माहिर सर्जक पन्तको सालको पातको टपरीमा कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझीको आवाज रहेको छ ।

यो गितमा संगित बसन्त थापाले भरेका छन् । नृत्य निर्देशन शिव बिकले गरेको गितमा बसन्त थापा, कुलेन्द्र बिश्वकर्मा र मरिस्का पोखरेलले अभिनय गरेका छन् ।

नेपाली मौलिक गित बजारमा ल्याउने क्रममा यो नयाँ गित हामीले बजारमा ल्याएका छौं, शब्द संकलक पन्तले भने, हामीलाई पूर्ण आशा छ यसले दर्शक तथा श्रोताको मन पक्कै जित्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com