फेसबुकमा सुसाइड नोट लेखेर युवती कालीगण्डकीमा हाम फाली बेपत्ता


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

म्याग्दी बेनीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छिन्। बेनी नगरपालिका ५ घर भएकी सोनि क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

पर्वतको जलजला २ बगरफाँटको बौरमा बस्दै आएकी सोनि बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिइन। उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com