एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण सुरु हुन नपाउदै भयो हंगामा


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो ।

विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।

उनीसँगै विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।

त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी थिइन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् ।

मुलुकी फौजदारी कार्य्विधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन ।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com