एम्बुलेन्सले चामल बोक्न थाल्यो !


प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार

दोलखा सामुदायिक अस्पतालको एम्बुलेन्सले चामल र दाल ढुवानी गरि चरम दुरुपयोग गरेको छ ।

बिरामी बोक्न अनाकानी गर्ने एम्बुलेन्सले व्यक्तिगत प्रयोजनका लागि चामल ढुवानी गरिरहेको देखिन्छ । अस्पतालका सञ्चालक अमृतबहादुर बुढाथोकी बिरामी र्पुयाएर फर्किने क्रममा बाल गृहका लागि १० बोरा चामल र एक बोरा दाल एम्बुलेन्समा ढुवानी गरेको बताउनुभएको छ । ‘साक्षर दिवसको अवसरमा अनाथ बालबालिकालाई निःशुल्क वितरण गर्ने भएकाले एम्बुलेन्समा ढुवानी गरेको हो,’ उहाँले भन्नुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमण पाठकले प्रशासनलाई पूर्व जानकारी बिना एम्बुलेन्समा चामल ढुवानी गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एम्बुलेन्समा बिरामी बोक्ने हो, खाली फर्के पनि त्यसरी ढुवानी गर्न पाउँदैनन, कानुनी कारबाही हुन्छ ।’

यसैगरी, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले एम्बुलेन्सले चामल बोकेको सुचना पाएपछि कारबाही गरिएको बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com