खसोखासकर्मी अधिकारी एनआरएनए न्यूर्योक च्याप्टर प्रेस संयोजकमा नियुक्त


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

न्यूयोर्कबाट प्रकाशित हुदै आएको खसोखास म्याग्जिनका प्रवन्ध सम्पादक अनिल अधिकारी एनआरएनए न्यूर्योक च्याप्टरको प्रेस संयोजकमा नियुक्त भएका छन् । गैरआवासिय नेपाली संघ अमेरिका न्यूयोर्क च्याप्टरले अधिकारीलाई २०१७–२०१९ अवधिका लागि मिडिया समिति संयोजकमा नियुक्त गरेको हो ।

करिव १५ बर्ष देखी पत्रकारितामा सक्रिय अधिकारीले पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिताको शुरुवात गरेका थिए । अधिकारीसंग रेडियो अन्नपूर्णको डेस्क इन्चार्ज, पोखराबाट प्रकाशित हुने यूनाईटेड राष्ट्यि दैनिकको सम्पादक, पोखरा हटलाईनको सहसम्पादक, हिमाली आवाज आर्थिक साप्ताहिकको कार्यकारी सम्पादक, राजधानी दैनिकको पोखरा सम्पाददाता, नेपाल वान टेलिभिजनको पोखरा सम्वाददाता लगायत बिभिन्न अनलाईनहरुमा काम गरेको अनुभव छ ।

नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य र नेपाल प्रेस यूनियनको केन्द्रीय प्रतिनिधि समेत रहि सकेका अधिकारी नेजाको साधारण सदस्य छन् । अधिकारीले एनआरएनए न्यूयोर्क च्याप्टरप्रति हार्दीक धन्यवाद ज्ञापन गर्दै एनआरएनको उदेश्य प्राप्तीमा आफुले सक्दो उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

अधिकारीले भने, मलाई विश्वास गरेर नियुक्त गर्ने न्यूयोर्क च्याप्टरका पदाधिकारी सहित बोर्ड सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दछु, प्रवासमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनको उदेश्य प्राप्तीमा लाग्ने प्रण गर्दछु ।

एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले अधिकारीलाई बधाई दिँदै आम नेपालीहरुको हक हितका लागि काम गर्ने एनआरएनका गतिविधिहरुलाई प्रकाशन प्रशारण गर्नमा सहयोग पुग्ने र सञ्चार क्षेत्रसंग बलियो सम्वन्ध स्थापित गर्न अधिकारीले महत्वपूर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको जनाए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com