यस्तो अवस्थामा भेटियो सात यात्रु सवार हेलिकोप्टर, ६ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा ७ जना सवार थिए। जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरका अनुसार एक घाइतेको उद्धार गरिएको छ।

विहानैदेखी बाक्लो कुहिरो लागेकाले दुर्घटना स्थल पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो। घटनास्थलमा भेटिएका शव काठमाडौं लाने तयारी भइरहेको छ।

शनिबार बिहान ६ः५७ मा उडेकोे हेलिकोप्टर उडेको केही बेरमा धादिङ र नुवाकोटको सीमा क्षेत्रमा आइपुगेपछि सम्पर्क बिहिन भएको थियो। काठमाडौँबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेनसहित ७ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धादिङको खनियावास गाउँपालिका–५ सिमलडाँडास्थित सिमलडाँडा आधारभूत विद्यालयकी शिक्षिका फुलमाया तामाङले टेलिफोन सम्पर्कमा बताए अनुसार बिहान ७ बजेतिर मेघाङको जंगलको कुहिरोभित्र ठुलो आवाजमा विस्फोट भएको थियो। ठूलो आवाज आएपनि कुहिरो लागेकाले के भएको भन्न नसकिएको उनले बताइन्।

हेलिकोप्टरमा एकजना क्याप्टेनसहित ७ जना यात्रु सवार थिए। हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसी (पाइलट) सवार थिए। तिवारीका अनुसार डोल्मा डिकी मात्र जीवित छिन्। अन्य यात्रुको शव हेलिकोप्टरमै भेटिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com