गुण्डा छुटाउन पुगेकी सांसद नबिनालाई एसएसपीले हप्काए


प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार

गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् ।

काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले हप्काएर फिर्ता पठाएका हुन् ।

समानुपातीक कोटाबाट सांसद बनेकी लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुण्डा लामाले थमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई दबाब दिन बिहीबार दिउँसो साढे १२ बजे सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेपछि एसएसपी सिंहले अपराध

नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै सांसदहरुको टोलीलाई हप्काएर फिर्ता पठाएका थिए ।

एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । उनले ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् ।

अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी नेकपाकी नेत्रीले लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटान प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोडनुपर्ने निर्देशात्मक दवाब दिएकी थिईन ।

तर एसएसपी सिंहले आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको भन्दै कसैको भनसुनका आधारमा अपराधीलाई छोड्न नसक्ने बताएको सिंहको भनाई उदृत गर्दै स्रोतले नेपालसमयलाई जानकारी दियो ।

ठमेलमा गुण्डागर्दी गदै आएका सत्यमान आपराधिक क्रियाकलापमा संलग्न काभ्रेली समुहका सहयोगी हुन । उनलाई अपराध अनुसन्धानको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको थियो ।

ठमेलमा ब्याबसाय गदै आएका काभ्रे तिमाल-६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको आवाजसहितको उजुरीको आधारमा अपराध अनुसन्धानको टोलीले ठमेलबाट पक्राउ गरेको थियो ।

उनलाई सार्वजनीक अपराध ऐन अर्न्तगत मुद्धा चलाईएको छ । काभ्रे तिमाल-६ का सत्यमानलाई एकमहिना पहिले महानगरीय प्रहरी परीसर काठमाडौले पक्राउ गरेको थियो ।

उनै सांसद नविना लामाको दवाबमा तत्कालीन प्रहरी प्रमुख विश्ब पोखरेलले मुद्धासमेत दर्ता नगरी उनकै जिम्मा लगाएर पठाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com