आठ वर्षपछि कमब्याकको तयारीमा सुष्मिता सेन


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

बलिउड अभिनेत्री सुष्मिता सेन लामो समयदेखि गुमनाम छिन् । आठ वर्षअघि आएको फिल्म ‘नो प्रोब्लम’ पछि उनी सिल्भर स्क्रिनमा देखिएकी छैनन् । न त उनले बिहे नै गरिन् ।अब भने सुष्मिताले फिल्ममा कमब्याक गर्न लागेको बताइन्छ । समाचार अनुसार उनले एउटा फिल्म साइन गरिसकेकी छिन् । यसमा उनले एक प्रहरी अधिकृतको भूमिका निभाउनेछिन् । नयाँ निर्देशकले निर्देशन गर्ने यस फिल्मको नाम अझै तय भएको छैन ।

सुष्मितासँग निकटवर्तिहरुका अनुसार धेरै वटा फिल्मका स्क्रिप्ट चित्त नबुझेर फर्काइदिएपछि यो स्क्रिप्ट ओके गरेकी हुन् । फिल्ममो उनकै लिड रोल रहने छ । यसै वर्षको अन्त्यदेखि फिल्मको सुटिङ सुरु हुने बताइएको छ । फिल्मको औपचारिक घोषणा केही दिनभित्रै गरिने छ ।

सुष्मिता सेन सन् १९९४ मा मिस यूनिभर्स भएपछि बलिउडमा प्रवेश गरेकी थिइन् । यद्यपि, उनको फिल्मी करिअर त्यति उम्दा रहन सकेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com