विदेशमा बस्ने नेपालीले पनि संहिता पालन गर्नुपर्ने, उल्लङ्घन गरे कडा कारबाही


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

काठमाडौँ। मुलुकी अपराध संहिता (ऐन)मा विदेशमा बस्ने नेपालीले पनि कानून उल्लङ्घन गरे कडा कारबाही हुने व्यवस्था गरिएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गरी कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यस्तो व्यवस्था गरिएको हो ।

विदेशमा हुने नेपालीले नेपालीविरुद्ध नै कसूर गरेमा देशभित्रै कसूर गरेसरहको सजाय हुने व्यवस्था सो संहितामा गरिएको छ । मुलुकी अपराध संहितामा विदेशमा कुनै नेपालीको ज्यान लिने वा ज्यान लिने प्रयास गरेमा, असहाय व्यक्तिलाई परित्याग गरेमा तथा अङ्गभङ्ग हुने गरी कुनै काम गरेमा पनि कारबाही हुने छ । त्यसैगरी, विदेशमा बसेर नेपालीले नेपाली नागरिकलाई नै अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राख्ने, जबर्जस्ती करणी वा हाडनाता करणी गर्ने नेपालीलाई पनि नेपालमै कसूर गरेसरहको कारबाही हुनेछ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्थाविरुद्ध आपराधिक उपद्रव, आपराधिक लाभ, आपराधिक विश्वासघात, कीर्ते, चोरी, ठगी, डाँका वा सम्पत्तिको आपराधिक उपयोग गरेमा पनि कारबाही हुने व्यवस्था ऐनमा गरिएको छ । ऐनमा दफा १५८ अन्तर्गतको कसूर गर्नेलाई पनि कारबाही हुने उल्लेख छ । दफा १५८ मा धर्म परिवर्तन गराउन नहुने लेखिएको छ ।

विदेशमा कुनै नेपालीले अर्को नेपालीको स्वास्थ्य जाँच गर्दा लापरबाही या हेलचेक्राईं भयो भने पनि कारबाही हुनेछ । ऐनका दफा २३१, २३२ र २३३ अनुसार लापरबाहीले बिरामीको मृत्यु भएमा पाँच वर्ष कैद सजाय हुने र उपचारमा हेलचेक्राई गरेमा तीन वर्ष कैदको व्यवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै बदनियतपूर्वक उपचार गरेमा जन्म कैदसम्मको व्यवस्था गरिएको छ । उपचार गर्दा बिरामीको मृत्यु भए वा अङ्गभङ्ग भए उपचारमा बदनियत ठहरिएमा सोहीअनुरुप कारबाही हुने व्यवस्था संहितामा छ । विदेशमा बसेर कोही नेपालीले नेपालीलाई गाली बेइज्जती गरेको पाइएमा एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ ।

यस्तै, विदेशमा वसेको कुनै नेपालीले नेपालीको इज्जतमा आँच आउने काम गरेमा संहिताको दफा ३०६ अनुसार कारबाही हुने व्यवस्था गरिएको छ । उक्त कसूर गरेको प्रमाणित भएको पाइएमा दुई वर्षसम्म कैद वा २० हजार रूपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ तर विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रूयियाँसम्म जरिबाना हुने व्यवस्था सो संहितामा उल्लेख गरिएको छ ।

त्यसैगरी विदेशमा बसेर त्यहाँका नेपालीको धर्म परिवर्तन गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
यस्तै मुलुकी संहितामा विदेशमा नेपालीले नेपालीसँग विवाह गर्दा कानून विपरीत भयो भने पनि सजायको भागिदार हुनुपर्नेछ । ऐनको भाग २ परिच्छेद ११ अन्तर्गतका विवाहसम्बन्धी कसूरमा सजाय हुने व्यवस्था गरिएको छ । परिच्छेद ११ मा विवाहसम्बन्धी कसूर राखिएको छ । यसमा मञ्जुरीबिना विवाह गर्न नहुने, हाडनातामा विवाह गर्न नहुने, विवाहमा लेनदेन गर्न नहुने, वहुविवाह गर्न नहुने उल्लेख छ । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com