Follow @khasokhasmag

छतबाट खसेर एक महिलाको मृत्यु


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो ।

फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो ।

गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com