न्यूयोर्क रिजउडस्थित दुर्गा मन्दिरमा रक्षा बन्धन तथा जनैपूर्णिमा बिशेष


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

रक्षा बन्धन तथा जनै पूर्णिमाको बिशेष अवसरमा रिजउड नेपाली समाजले न्यूयोर्कमा बिशेष कार्यक्रम गरेको छ । यस अवसरमा समाजले बिशेष रुद्री पाठ तथा भक्तजनहरुका लागि तागो बाँधने तथा जनै पैरने कार्यक्रम आयोजना गरेको हो ।

बिहान बिशेष रुद्री पाठ गरिएको र दिनभर तागो बाँधने तथा जनै बितरणको कार्यक्रम रहेको समाजका अध्यक्ष रविकिरण कोइरालाले जानकारी दिए । उनले सबै भक्तजनहरुको व्यस्तालाई मध्यनजर गर्दै दिनभर यसरी कार्यक्रम राखिएको जनकारी दिए ।

कार्यक्रममा न्यूयोर्क तथा यस आसपासका क्षेत्रका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा रिजउडस्थित दुर्गा मन्दिरका पुजारी द्धय उद्धव शास्त्री र हरिनारायण सापकोटाले भक्तजनहरुलाई तागो लगाएर तथा जनै बितरण गरेका छन् ।

हरेक मानिस भगवानसंग जोडिएको हुन्छ, सबैको कल्याण होस भनेर आज तागो बाँधने तथा जनै लगाउने गरिन्छ, यसैले रक्षा बन्धन भनिएको हो, मन्दिरका पुजारी उद्धव शान्त्रीले भने, हामी सबैको मनोकल्याण होस र शान्ति मिलोस भनेर यो पर्व मनाउँछौं ।

सर्वभवन्तु सुखीन अर्थात सबैको खुस शान्तिका लागि रक्षा बन्धन जस्तो पवित्र पर्व मनाइन्छ, अर्का पन्डित हरिनारायण सापकोटाले भने, यस्ता पर्वहरु मनाउँदा भगवानको कृपा दृष्टि हामीमा रहन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com