निर्मला पन्त हत्याकाण्ड : गृहमन्त्री भेट्न पुगे प्रदेश ७ का सांसदहरु, उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

कञ्चनपुरकी १३ वर्षीय किशाेरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बारेमा निष्पक्ष छानबिनको माग प्रदेश नम्बर ७ का संघीय संसदका सांसदहरुले  गरेका छन् ।
उनीहरुले अाज गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ६ बुँदे मागपत्र नै बुझाएका छन् । जसमा उच्चस्तरीय छानबिन समित गठनकाे माग समेत गरिएकाे छ ।

ज्ञापनपत्रमा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको भन्दै दोषी भनिएका व्यक्तिमाथि स्थानीयले अविश्वास गरेकाले आन्दोलन चर्कदै जाँदा सीमाबाहिर पुग्न सक्ने खतरा बढेकाले समयमै सचेत रहन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कडा कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले उपचार गर्नुपर्ने, जनताको शान्तिपूर्ण आन्दोलनमा भएको प्रशासनिक दमन बन्द गर्नुपर्ने र घटनाबारे आधिकारिक जानकारी मन्त्रालयले जनाकारी गराउनुपर्ने माग छन् ।  जवाफमा गृहमन्त्री बादलले उच्चस्तरीय आयोग गठन गर्न  प्रतिबद्धता जनाएको बताइएको छ ।

६ बुँदे ज्ञापन पत्र बुझाउन नेकपाका नेताहरु लेखराज भट्ट, निरु पाल लगायतको टोली पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच हत्याको विरोधमा बिहीबार कञ्चनपुरमा  भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् ।

घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा हरिकुमार श्रेष्ठले बताए ।

डा श्रेष्ठका अनुसार घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट लागेका एकजनाको अञ्चल अस्पतालमा उपचार हुन नसकेर रिफर गरेको अस्पतालले जनाएको छ । यसरी रिफर हुनेमा अर्जुन भण्डारी रहेका छन् ।

डा श्रेष्ठले घाइतेहरुलाई गोली लागेको हो होइन भन्ने कुरा पुष्टि भैनसकेको बताए । उनले केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किए पनि घाइते भएकाहरुलाई गोली लागेको बारे एकिन भैनसकेको बताए । ‘घाइते अधिकांशको एक्सरे रिपोर्ट आउन बाँकी रहेकाले यसै भन्न सक्ने अवस्था छैन’ डा श्रेष्ठले भने ।  यद्यपि प्रदर्शनकारीले भने गोली चलाइएको दाबी गरेका छन् ।

सो क्रममा घाइते भएकाहरुमा आन्दोलनकारीतर्फ अर्जुन भण्डारी, तेज भट्ट, किरण पनेरु, मनोज बुढा, सन्तोष कठरिया, सञ्जय खड्का, बलदेव भट्ट, मदन साउद छन् । यी मध्ये भण्डारीको उपचार महाकाली अञ्चलल अस्पतालमा उपचार हुन नसकेपछि धनगडी पठाइएको अस्पतालले जनाएको छ । त्यस्तै भटट्को टाउकोमा ६ टााँका लगाइएको छ ।

उता, प्रहरीतर्फ दुईजना घाइते भएका छन् । हर्क पाल र महेश भटट्मध्ये पालको पनि रिफर गरिएको अस्पतालले जनाएको छ ।

गत साउन ११ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि पक्राउ परेका व्यक्ति निर्दोश भएको भन्दै स्थानीयले गत चारदिनदेखि आन्दोलन चर्काउदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com