अष्ट्रेलियन ब्याट्सम्यान वार्नरको विकेट लिंदै सन्दीपले गरे उत्कृष्ट प्रदर्शन


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दोस्रो जित निकालेको छ ।

कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा सन्दीपले २ ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले पहिलो विकेटका रुपमा अष्ट्रेलियाका पुर्व उपकप्तान तथा ओपनर ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गराएका थिए । आठौं ओभरको तेस्रो बलमा सन्दीपले वार्नरलाई वेन कटिङको हातबाट क्याच आउट गराए । यस्तै सन्दीपले दोस्रो विकेटको रुपमा क्वेस अहमदलाई पेभेलियन फर्काए । सीपीएलमा सन्दीपले अहिलेसम्म सात विकेट लिईसकेका छन् ।

उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले आफ्नो प्रभाव सेन्ट लुसियाविरुद्धको खेलमा पनि बनाएका छन् । उनले दुई ओभरमा मात्र १२ रन दिएर दुई विकेट लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com