जनसम्पर्कको ‘विश्व संजाल’ पार्टीले गठन नगरेको संयोजक सुवेदीबाट प्रष्ट


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

आफ्नो संयोजकत्वमा रहेको नेपाली जनसम्पर्क समितिको विश्वसञ्जाल नेपाली काँग्रेसले गठन नगरेको र नेपाली काँग्रेस पार्टीबाट पनि स्वीकृति नपाइसकेको संयोजक विष्णु सुवेदीले जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो यो सञ्जाल पार्टीले गठन गरेको होइन । हामी विश्वका ३१ व्टा देशमा रहेका जनसम्पर्कसमितिका साथीहरु मिलेर गरेका हौं ।

यसबारे आफूहरुलो पार्टीलाई मौखिक रुपमा जानकारी दिइसकेको र लिखित रुपमा पनि विधिवत रुपमा जानकारी दिने सुवेदीले बताउनुभयो । उहाँले पार्टीबाट त्यसका लागि स्वीकृति प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । यो सञ्जाललाई क्षेत्रीय हिसाबले पनि बनाउँदै लैजाने तथा एसिया, अफ्रिका, अमेरिका, युरोप र अष्ट्रेलिया लगायतका क्षेत्रमा क्षेत्रीय समितिहरु बनाउने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म विश्व सञ्जाल पार्टीमा र कुनै पनि देशमा दर्ता भइनसकेको पनि सुवेदीले जानकारी दिनुभयो । कुन देशमा दर्ता गर्ने भन्ने विषयमा आफूहरुको छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

गत शुक्रबार बसेको कन्फ्रेन्स कल बैठकले नेपाली जनसम्पर्क समिति विश्वसञ्जाल गठन गरिएको भन्दै वक्तब्य जारी गरिएको थियो ।

विश्वभर छरिएर रहेका कांग्रेसहरुको जनसम्पर्क समिति ‘विश्व सञ्जाल’ गठन

सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी रहेका छन् । त्यस्तै उपसभापतिहरुमा चित्र केसी यूएई, कञ्चन पोखरेल अस्टे्लिया, नवराज शिवाकोटी दक्षिण कोरिया रहेका छन् । महामन्त्रीमा चिन्तामणी सापकोटा युरोप, सहमहामन्त्रीमा नविन आचार्य डेनमार्क, भुपी गोविन्द श्रेष्ठ जापान रहेको जनाईको छ । कोषाध्यक्षमा शुभाष घिमिरे अमेरिका रहेका छन् ।

यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ्ग हङकङ बिराट श्रेष्ठ भारत, डिपी कँडेल जापान, राजेन्द्र जमरकटेल जापान, अबिर जोशी मकाऊ, उत्तम कडेल नेदरल्याण्ड, टिका राम सापकोटा बेलायत, पूर्ण तिमिल्सिना बेल्जियम, दिपक रेग्मी नेदरल्याण्ड, कुश बस्नेत बेलायत, उषा भुषाल सुवेदी इजरायल, हेमराज पाण्डे क्यानाडा, बेदनिधि आचार्य ओमान, नवराज लामिछाने साउदी अरब, विष्णु सापकोटा पोर्चुगल, राजेन्द्र बिरही कुवेत, भवानी शंकर तिवारी मलेशिया, ताराप्रसाद बन्जाडे चिन, ज्ञानेन्द्र खत्री यूएई रहेका छन् ।

यसैबीच काँग्रेस नेता बिमलेन्द्र निधिले पनि ट्वीट गर्दै पार्टीले विश्व तहको वा अन्य कुनै तहको सञ्जाल वा समिति गठन नगरेको स्पष्ट पार्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com