जिप दुर्घटनामा पत्रकार उजिर मगरसहित ४ गम्भीर घाइते
प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार
गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रइले खोलानजिक यात्रुबाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये पत्रकार उजिर मगरसहित चार जना गम्भीर घाइते छन्।
बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ज १४९ नम्बरको जिप अनियन्त्रित भई सडक नालीमा पल्टिँदा जिपमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मनबहादुर बिकले जानकारी दिए।
गम्भीर घाइते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका पूर्व महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडिगाड–९ का दिलेन्द्र बुढा मगर छन्।
अन्य घाइतेको विवरण र थप समाचार यहाँ पढ्नुहोला ।





