अमेरिकी दूतावासको सहयोगमा नेपाल प्रहरीलाई तालिम, सिकेका कुरा लागु गर्न एसपी खत्रीको सुझाव


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासको सहयोगमा राष्ट्रिय प्रहरी तालिम केन्द्रले अन्तर वैयक्तिक संचार, सार्वजनिक सम्बाद र लेखन सिप विषयको तालिम सम्पन्न गरेको छ । विभिन्न क्षेत्रमा काम गर्ने ६९ जना नेपाल प्रहरीका अधिकृतहरुले यो तालिममा भाग लिएका थिए । तालिम २ साता चलेको थियो ।

उक्त अवशरमा दूतावासका क्षेत्रीय अँग्रेजी भाषा अधिकृत डेनिस यांगले प्रभावकारी वैयक्तिक संचार र अँग्रेजी भाषा सिकाई प्रकृयाको महत्वबारे जोड दिनुभएको थियो । साथै उहाँले सिकेका कुरा व्यवहारत लागु हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका एसपी भूपेन्द्र खत्री हुनुहुन्थ्यो । प्रमुख अतिथि खत्रीले पनि तालिम लिएका अधिकृतहरुलाई सिकेका कुराहरु आफ्नो व्यवसायिक जीवनमा लागु गर्न प्रेरित गर्नुभएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय सम्हाल्न अँग्रेजी भाषाको महत्वबारे प्रष्ट पार्नुभएको थियो ।

फोटो : अमेरिकी दूतावास नेपाल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com