९० वर्ष पुरानो महाकाली पुल खतरामा, पानीको बहाव बढेपछि सवारी अवागमन ठप्प


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको दुवैतर्फको आवागमन रोकिएको छ ।

नेपाल र भारतको पहाडी क्षेत्रमा वर्षा बढेसँगै महाकाली नदीमा पानीको वहाव बढेको कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आज सोमबार अपराह्न १ वजेपछि पुलमा चार पाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको राजधानी दैनिकमा समाचार छ ।

महाकाली नदीमा १ लाख प्रतिसेकेन्ड क्युसेक पानी समान्य मानिएपनि पुलको अवस्थाका कारण त्यो भन्दा माथी गए आवागमन ठप्प पारिने गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इञ्चार्ज डिकरदेव पन्तले बताए ।

महाकाली पूल झण्डै ९० वर्ष पुरानो भएकाले पानीको वहाव बढेसंगै पुलको आवागमन भारतीय पक्षले रोक्दै आएको छ । महाकाली नदीमा रहेको दुवैतर्फको स्वामित्व भारतकै नियन्त्रणमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com