Follow @khasokhasmag

बौद्ध स्तुपा निमार्णका लागि सानुमायाको पाँच लाख


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

बौद्ध स्तुपा निमार्णका लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष सानुमाया तामाङले पाँच लाख चन्दा सहयोग गर्नु भएको छ । नेपालको रामेछाप जिल्लामा निमार्ण हुँदै गरको स्तुपाका लागि अध्यक्ष तामाङले यस्तो रकम सहयोगको घोषणा गर्नुभएको हो ।

बौद्ध धर्म अनुसार अत्यन्तै पवित्र मानिने स्तुपाको निमार्ण सहयोगका लागि अहिले सहयोग रकम उठाउने क्रम जारी छ । बौद्ध गुरु टुल्क लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा स्तुपा निमार्ण हुदैछ ।

यसैगरी न्यूयोर्कमा आइतवार वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बौद्ध गुरु लोसाङ नाम्ग्यालले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई कसरी यथार्थपरक बनाउन सकिन्छ भन्नेबारेमा प्रवचन दिनुभएको थियो ।

न्यूयोर्क स्थित तामाङ सोसाइटी अफ अमेरिकाको सभाकक्षमा सम्पन्न कार्यक्रममा करिव एक सय जनाको सहभागिता रहेको थियो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com