अमेरिकामा मारिएका बजगाईको अन्त्येष्टी शनिबार, परिवारलाई सहयोग गर्न आर्थिक संकलन


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

गत बुधबार भर्जिनियाको ग्यास स्टेशनमा काम गरिररहेको बेला मारिएका नेपाली रेशम बजगाईको अन्त्येष्टी भोलि शनिबार गरिने भएको छ । दिउसो ३ बजे भर्जिनियाको आडम्स ग्रीन शवदाह गृहमा बजगाईको अन्त्येष्टी गरिने भएको हो । करिब १० महिना अगाडि अमेरिका आएका बजगाईको स्थायी घर गोरखाको केराबारी रहेको जनाइएको छ ।

बुधबार विहान सबा १ बजे लुटेराले ग्यास स्टेशनमा पुगेर बजगाईमाथि आक्रमण गरेका थिए । शरिरको माथिल्लो भागमा भएका आक्रमणमा बजगाईको ज्यान गएको हो ।

४० बर्षका बजगाईले ग्यास स्टेशनमा क्यासियरको काम गर्दै आएका थिए । घटना फ्रयांकलिन फार्म रोडमा रहेको सनोको ग्यास स्टेशनमा भएको थियो ।

बजगाईको परिवारलाई सहयोग गर्नका लागि एनआरएन भर्जिनिया च्याप्टरले गोफण्डमीमा आर्थिक संकलन अभियान चलाएको छ । ५० हजार अमेरिकी डलरको लक्ष्यसहित सुरु गरिएको आर्थिक संकलन अभियानमा शुक्रबार बेलुकीसम्म ५१ हजार संकलन भइसकेको छ । बजगाई ५ बर्षकी छोरी र श्रीमतिसहित अमेरिकामा बस्दै आएका थिए ।

तपाईपनि बजगाईको परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा १९ बर्षीय मोहम्मद अब्दुल्लाहीलाई पक्राउ गरेको छ ।

 

१९ बर्षीय मोहम्मद अब्दुल्लाही

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com