जापान नकआउट, बेल्जियम क्वाटरफाइनलमा, अबको भीडन्त ब्राजिलसँग (भिडियो सहित)


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

जापान र बेल्जियमबीचको रोमाञ्चक प्रतिष्पर्धात्मामा अन्तिम समयमा हानेको गोलबाट बेल्जियमले जापानलाई नकआउट गरेको छ । खेलको इन्जुरी समयमा हानेको गोलबाट बेल्जियमले जापानमाथि जित हात पार्न सफल भएको हो । ९४ औं मिनेटमा नेसर चाड्लीले गरेको गोलपछि बेल्जियम विजेता बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले पाँच मिनेटभित्र दुई गोलको झट्का दियो । खेलको ४८ औं मिनेटमा जापानका हारागुचीले र ५२ औं मिनेटमा जापानका इनुले दुईगोल गरेपछि जापान जीतको नजिक पुगेको अनुमान गरिएको थियो ।

तर खेलको ६९ औं मिनेटमा भेर्टङ्गनले बेल्जियमका लागि पहिलो गोल गरे भने दोश्रो गोल फेलानीले ७४ औं मिनेटमा गरे ।

अब सेमिफाइनल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीच शुक्रबार कजान रंगशालामा क्वाटरफाइनल खेल हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com