स्टार बने १९ वर्षिया मबाप्पे, अर्जेन्टिना विश्वकपबाट बाहिरियो


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

१९ वर्षिया क्यालियन मबाप्पे स्टार बनेको विश्वकपको नकअाउट चरणमा फ्रान्ससँग ४-३ गोअन्तरले पराजित हुँदै अघिल्लो विश्वकपको उपविजेता लियोनल मेस्सीको अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ।

फ्रान्सका क्यालियन मबाप्पेले २ तथा बेन्जामिन पाभार्ड र एन्टिनियो ग्रिजम्यानले १-१ गोल गरेका हुन्। अर्जेन्टिनाका एन्जिल डी मारिया र ग्याब्रियल मार्काडो र सर्जियो अग्युरोले १-१ गोल गरे।

खेलको ११ अौं मिनेटमा क्यालियन मबाप्पेलार्इ मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गर्दै अर्जेन्टिनालार्इ सुरुवाती अग्रता दिलाएका थिए।

एन्जल डी मारियाले ४१ अौं मिनेटमा अर्जेन्टिनाबाट बराबरी गोल फर्काए। एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डी मारियाले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाले अग्रता लिएको थियो। ४८ अौं मिनेटमा कर्नरको नजिकैबाट एन्जिल डी मारियाले प्रहार गरेको फ्रिकिक पाउल पोग्बालार्इ लाग्दै लियोनल मेस्सीकोमा गएको थियो। मेस्सीले उक्त बल लिदैँ प्रहार गरेको बल फ्रान्सका किपर हुगो लोरिसले रोकेका थिए। तर लोरिसबाट फर्किएको बललार्इ मार्काडोले जाली चुमाउँदै अर्जेन्टिनालार्इ २-१ को अग्रता दिलाएका थिए।

५७ अौं मिनेटमा बेन्जामिन पाभार्डले फ्रान्सलार्इ २-२ को बराबरीमा पुर्याए। लुकास हर्नान्डेजको पासलार्इ अर्जेन्टिनी डिफेन्डरहरुले क्लियर गर्न नसकेपछि डी बक्सको नजिक बाहिर रहेका पाभार्डमा अाएको बललार्इ उचो प्रहार गर्दै उनले जाली चुमाएका थिए।

खेलको ६४ अौं मिनेटमा क्यालियन मबाप्पेले फ्रान्सलार्इ ३-२ को अग्रता दिलाएका हुन्। परिवर्तित खेलाडी लेस ब्लुजले डी बक्स अगाढी उपलब्ध गराएको बललार्इ मबाप्पेले पोस्टको दिशा दिएका थिए। तलबाट अाएको बललार्इ अर्जेन्टिनी किपर फर्को अर्मानीले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बलले जाली चुमेको थियो।

६८ अौं मिनेटमा क्यालियन मबाप्पेले व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि चौथो गोल गरेका थिए। अोलिभिर गिराउडले दिएको पासमा मबाप्पेले डी बक्सको किनारबाट सजिलै गोल गरेका थिए।

इञ्जुरी समयको तेस्रो मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालार्इ ४-३ को अन्तरमा पुर्याएपनि पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ। मेस्सीको क्रसमा उनले गोल गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com