आइतबार न्युयोर्कमा खतरनाक गर्मी, तापक्रम इन्डेक्स ११० डिग्री पुग्ने


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

सप्ताहन्तबाट सुरु भएको गर्मी न्युयोर्कमा आइतबार खतरनाक बिन्दुमा पुग्ने मौषमविद्हरुले चेतावनी दिएका छन् । न्युयोर्क सहरमा आइतबार दिउसो ९७ डिग्री फरेनहाइटसम्म पुग्ने बताइएको छ भने न्युयोर्क राज्यका कतिपय स्थानमा १ सय १० डिग्रीसम्म तापक्रम पुग्ने जनाइएको छ ।

अपस्टेट न्युयोर्कको सेराक्युस, पश्चीमी न्युयोर्क, नर्थ काउन्टी लगायतका स्थानमा पनि अत्याधिक गर्मी हुने जनाइएको छ । सेराक्युसको तापक्रम आइतबार दिउसो १ सय डिग्री फरेनहाइटसम्म पुग्ने जनाइएको छ । वेष्टर्न न्युयोर्कमा आइतबार १ सय डिग्रीसम्म तापक्रम पुग्ने जनाइएको छ भने फिंगर लेकमा पनि १ सय डिग्री तापक्रम पुग्ने जनाइएको छ ।

लासभेगसमा शनिबारदेखि सोमबारसम्म १ सय ५ डिग्रीसम्म तापक्रम पुग्ने जनाइएको छ । तर न्युयोर्क राज्यका कतिपय स्थानहरुभने आइतबार त्यो भन्दा पनि तात्नेछन् । आइतबार दिउसो ४ बजे सेराक्युसको तापक्रम इन्डेक्स १०९ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com