कोलम्बिया र जापान दोस्रो चरण मा प्रवेश


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह एच को खेल अन्तर्गत कोलम्बिया र जापान दोस्रो चरण मा प्रवेश गरेका छन् ।

कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको हो भने जापान पोल्याण्डसँग १-० गोलले पराजित भएको हो। कोलम्बिया ३ खेलमा ६ अंक सहित समुहमा पहिलो भएको हो भने जापान ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ।

सेनेगलको पनि ३ खेलमा ४ अंक रहेको छ। जापानले सेनेगललाई फिफा फेयर प्लेको अंकका आधारमा पछि पार्दै दोस्रो भएको हो। कोलम्बिया र जापानले समुहुजीुको बिजेता र उपबिजेता मध्य ईङल्याण्ड वा बेल्जियमसँग राउण्ड अफ सिक्सटिनमा प्रतिस्पर्धा गर्ने छन्।

पोल्याण्डले जापानलाई १-०ले पराजित गरेपनि जापान अंकका आधारमा दोस्रो चरण प्रवेश गरेको छ। पोल्याण्डका जान बेड्नारेकले ५९औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

समुह जी को बिजेता उपबिजेता निर्धारण ईङल्याण्ड र बेल्जियमको खेल पछि निर्धारण हुनेछ।

कोलम्बिया-सेनेगल
कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको छ। खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई १-०को अग्रता दिलाएका थिए। उक्त गोल नै कोल्बियाकालागि जित दिलाउन पर्याप्त भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com