नेपाली बहिरा समाज अमेरिका गठन


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

कान कम सुन्ने क्षमता भएका नेपालीहरुले अमेरिकामा ‘नेपाली बहिरा समाज अमेरिका’ गठन गरेका छन् । अध्ययन, रोजगारीको शिलशिलाका क्रममा अमेरिकामा रहेका नेपालीहरुले हकहित संरक्षण तथा आपसी सदभावका लागि समाज गठन गरेको जनाइएको छ ।

समितिको अध्यक्षमा लक्ष्मण गिरी, उपाध्यक्ष लक्ष्मण लइया, महासचिव उपेन्द्र खनाल, कोषाध्यक्ष मोहन पन्थी, सदस्यहरुमा जिवन पौडेल, प्रसंसा लम्साल, लोकेश खड्का, दिपक पोखरेल, रविन्द्र बास्तोला, नवराज घिमिरे, सुदिप बराल रहेका छन् ।

यस्तै सस्थाको संरक्षकमा विश्वराज बास्तोला र पुस्पराज गिरी रहेका छन् । गण्डकी बहिरा संघका महासचिव सुर्य मोहन बरालको प्रमुख आतित्थ्तामा भएको कार्यक्रममा बिशेष शिक्षा परिषदका पूर्व राष्ट्यि सदस्य विश्व बराल, पोखरा लेखनाथस्थित सिर्जना बहिरा माविका पूर्व प्रअ पुष्पराज गिरी लगायतले आआफ्नो धारणा राखेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com