ट्रम्प‍ र किमले गरे एेतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर !


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएकाे छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक मानिएकाे छ।

राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्। उनले विगतको दाँजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायद्विपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्।

नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताएका छन्। दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्र पत्रकारहरुलाई वितरण समेत गरियाे।

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निःशत्रीकरणका लागि जोड दिँदै आएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com