ट्रम्प-किमकाे वार्ता, सिंगापुरकाे खर्च : १ करोड ५० लाख डलर


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

सिंगापुरमा मंगलबार (जुन १२ मा) हुने उत्तर काेरियाली नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीचकाे वार्ताका लागि सिंगापुर सरकारले गर्ने खर्चकाे पूर्वानुमान सार्वजनिक गरेकाे छ ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले उक्त शिखरवार्ताका लागि अाफ्नाे देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन् । सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने उनले बताएका छन् ।

दुर्इ नेताबीचकाे याे एेतिहासिक वार्तालार्इ सिंगापुरले अाफ्नाे हितमा रहेको जनाएकाे छ । साे प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले दाबी गरेका छन् । साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।

ट्रम्प र किमबीच वार्ता हुने स्थल

अाइतबार सिंगापुर पुगेकाे उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व प्रधानमन्त्री लीले यस्ताे प्रतिक्रिया जनाएका हुन् ।बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो र एेतिहासिक घटना हाे ।

वार्ताका लागि दुवै देशका उच्च अधिकारीसहित सर्वाेच्च नेता किम र ट्रम्प सिंगापुर पुगिसकेका छन् । हाल उनीहरू छुट्टाछुट्टै हाेटलमा बसिरहेकाे बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com