पाल्पामा १७ जना कुष्ठरोगका बिरामी भेटिए
प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार
पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।
यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको औषद्योपचार पूरा गरेको उहाँको भनाइ छ ।
समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था छ, कुष्ठरोग अधिकृत न्यौपानेले भन्नुभयो, “जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिन्छ ।”
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
कुष्ठरोग लागेमा नियमित औषधि सेवन गरियो भने यो रोग निको हुन्छ






