अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सिंगापुरमा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् ।

उत्तर कोरियाका नेता किम जोन उनसँग हुने शिखर वार्ताका लागि ट्रम्प सिंगापुर पुगेका हुन् । उत्तर कोरियाका नेता किम यसअघि नै सिंगापुरमा पुगिसकेका छन् ।
किम पुगेको केही घण्टापछि ट्रम्प सिंगापुर पुगेका हुन् । तर उनीहरुबीचको शिखर बैठक भने मंगलबार हुने तयारी रहेको छ ।

अमेरिकाले शिखर वार्तापछि उत्तर कोरियाको आणविक विस्तारै अन्त्य हुँदै जाने बताएको छ । गएको १८ महिनामा दुई नेताको सम्बन्धमा निकै टकराब आएको थियो । अन्तमा दुई नेताहरुबीच भेटवार्ता नै हुने भएको छ ।

उत्तर कोरियाका नेता किमले सिंगापुरका प्रधानमन्त्री लि हसिन लूङसँग भेटवार्ता गरेका छन् । ट्रम्पले पनि दुई देशको बैठकभन्दा अगाडि नै प्रधानमन्त्री लिसँग भेटवार्ता गर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com