हत्या गरिएकी वडा सदस्यको अन्त्येष्टि, घटना बारे छानविनको माग


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

कालिकोट । धारो छोएको आरोपमा गैरदलित महिलाद्वारा कुटपिट गरी हत्या गरिएकी नरहरिनाथ गाउँपालिका–९ निवासी सोही वडाका दलित महिलाका तर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्की आइतीको बुधबार अन्त्येष्टि गरिएको छ।शनिबार साँझ धारामा पानी लिन गएकी सार्कीलाई उनकै छिमेकी २२ वर्षीया राजीन्दा शाही, १९ वर्र्षीया सृजन शाहीले कुटपिट गर्दा सोही राति उनको ज्यान गएको थियो। कुटाइबाट मृत्यु भएकी वडा सदस्य मृतक सार्कीको कर्णाली नदीमा आफन्तले अन्त्येष्टि गरेका हुन् । मृतकको लाश जिल्ला अस्पतालमा पोस्टमार्टमपछि उनका आफन्तहरूले कर्णाली नदीमा अन्त्येष्टि गरेको मृतकका छोरा पदम सार्कीले बताए ।

मृतका छोरा सार्कीले कर्तव्य ज्यान तथा जातीय छुवाछुत कसुर ऐनअन्र्तगत जाहेरी दिएपछि घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राजिन्दा र सृजना शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। घटनाका विषयमा जिल्ला स्थित स्थानीय जनप्रतिनीधि दलित अधिकार तथा मानव अधिकारवादी संस्था, पत्रकार नागरिक समाजले प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई घटनाको सत्यतथ्य छानबिन र घटनाको दोषीलाई कानुनी कारबाहीको मागसमेत गरेका छन्।

तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली, नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट नेपाल राष्ट्रिय दलित कल्याण समाजका जया विक, नेपाल पत्रकार महासंघका तुलाराम पाण्डे, इन्सेक जिल्ला प्रतिनिधिलगायतका व्यक्तिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मना सार्की हत्याकाण्डको उच्च स्तरीय छानबिन समिति गठन गरि स्थलगत अध्यायन सहितको छानबिन समिति गठन गर्न माग गरेका छन्।

यस्तै दोषीलाई सर्वस्व सहित जन्म कैद, जातीय विभेदका कारण दलित महिला जनप्रतिनिधिको हत्या गरिएकोले सहिद घोषणा गर्नु पर्ने, पीडित पक्षलाई उचित न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । यो समाचार आजको समाचारपत्रमा प्रकाशित छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com