अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत भोलि आइतबार हुने अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ


अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाउने भएका छन् । म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका विभिन्न स्थानबाट आएका धावक सबै चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरमा पुगिसकेको महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बिहान ७ बजे शुरु हुने म्याराथनमा विभिन्न उमेर समूहका देखि सबैभन्दा ज्येष्ठ धान्द्रुकका ५० वर्षीय कविमान गुरुङको सहभागिता रहनेछ । “प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको महोत्सव आयोजक समिति संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ । “म्याराथनका लागि नौ जना निर्णायक परिचालन गरिनेछ”, उहाँले भन्नुभयो, “म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भएको आयोजकले जनाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ । प्रचार संयोजक अधिकारीका महोत्सवका प्रमुख सल्लाहकार यमनाथ सापकोटाका अनुसार म्याराथनमा प्रथम हुने धावकले रु एक लाख र दोस्रोले रु ७० हजार, तेस्रोले रु ५० हजार नगद पुरस्कारको पाउने र उत्कृष्ट १० जना भित्रपर्ने धावकले सान्त्वना पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरणगत पुस १० देखि १५ गतेसम्म विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो । महोत्सवको तेस्रो चरणको कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन एवं विजयी धावकलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com