न्यूयोर्कमा आइतवार नेपाल डे परेड, तयारी पुरा


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

न्यूयोर्कको हुने तेश्रो नेपाल डे परेडको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । आउँदो मे २० तारिख आइतवारका दिन म्यानहाटनमा नेपाल डे परेड हुँदैछ ।

परेडका लागि आवश्यक तयारी सकिएको एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी अधिकारीले जानकारी दिए । नेपाल र नेपालीको पहिचान झल्कने यस कार्यक्रममा उपस्थित हुन अधिकारीले सबैमा आग्रह गरेका छन् ।

संयोजक अधिकारीका अनुसार परेडमा नेपाली दुतावास, महावाणिज्य दुतावास, नेपाल मिसन लगायत नेपालबाट समेत विशिष्ट अतिथिका साथ साथै क्विन्स काउन्टी अध्यक्ष मेलिन्डा केट्ज, काउन्सिलम्यान जिम्मी ब्रामर, काउन्सिलम्यान कोस्टा, न्यूयोर्क सिटी मेयर, कंग्रेसम्यान लगायतका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागि हुने जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्नका लागि रामहरी अधिकारीको संयोजकत्वमा तदर्थ समिति बनाइएको जनाइएको छ । समितिको सदस्यहरुमा लुइसाङ वाइवा तामाङ, रविकिरण कोइराला, सञ्जय थापा, बन्दना कोइराला, महेश मल्ल, मोहन वाइवा, कृष्ण लामिछाने, सुमन बुढा, मनोज सिंह, आङछिरिङ शेर्पा रहेका छन् ।

यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि ४७ सदस्यीय स्टेरिङ कमिटि बनाइएको समितिका सदस्य शिवकमल पौडेलले जानकारी दिए । यस्तै कार्यक्रमका लागि बिभिन्न ११ उपसमिति बनाइएको पौडेलले जानकारी दिए ।

नेपाल र नेपालीको पहिचानलाई झल्काउने यस कार्यक्रमलाई सफल बनाउन भव्य सहभागिता जनाउन अमेरिकामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा आम नेपाली समुदायमा आग्रह गरिएको छ । जन्मभुमि नेपालको पहिचानलाई विश्व समुदायमा प्रस्तुत गर्न यो कार्यक्रम सहयोगही हुँदै आएको र यस बर्ष पनि त्यसैको निरन्तरता भएको जनाउँदै उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नेपालका बिभिन्न गाउँ ठाँउमा रहेका समुदायको बिविध कला, सँस्कृति, भेषभुषा झल्काउने बिभिन्न कार्यक्रम लिएर उक्त दिन उपस्थित हुन आयोजक समितिका सदस्य रविकिरण कोइरालाले सबैमा आग्रह गरेका छन् ।

सगरमाथाको देश, बुद्ध जन्मेको देश, विश्वमै अलग्गै बिशेषता भएको चन्द सुर्य अंकित झण्डा, बिविध भेषभुषा, भाषा, सँस्कृतिले धनि नेपालको पहिचान झल्काउने यस पर्व सबै नेपालीको पर्व भएको उल्लेख गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com