मोटरसाइकल कुदाएर अशोक दर्जीलाई भेट्न आएकी यि युवतीले आँशु थाम्न सकिनन्


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

अशोक दर्जी सेलिब्रेटी नै बनेसकेका छन उन्को गित सार्बजनिक भए सँगै उन्को लोक्प्रियता सँगै उन्लाई माया गर्ने हरु पनि उतिकै छन ।

यती सम्म अकि उन्को मात्र गित गाउने र उन लाई भेटे पछी आशु बगाउने फ्यान समेत कमाइसकेका छन ।

प्रतिभा आफंैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।

२ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् । प्रतिभा भएर पनि गरीब भएकै कारण उनले आफनो प्रतिभाको सहि सदुपयोग गर्न सकेका छैनन् ।

जस्तोसुकै गीतहरु पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी नै हो । अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । एकपछि अर्को गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल हुन्छन्, उनी ।

बिराज नेपालको सब्द सब्द र टंक बुढाथोकीको संगितमा रहेको बाल कलाकार अशोक दर्जीले गाएको पहिलो गित आधिकारिक रुपमै आज साबजनिक भएको छ ।
अध्ययनको लागी झापा मा रहेका बाल कलाकार प्लेन चढेर काठ्मान्डौ आएका छन ।अशोक ले गाएको गित औपचारिक रुप मै सार्बजनिक भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com