मोदीको भ्रमण दुई दिन बाँकी, ट्वीटर ट्रेण्डिङमा #BlockadeWasCrimeMrModi पहिलो नम्बरमा


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

सामाजिक संजाल ट्वीटरमा #BlockadeWasCrimeMrModi ट्रेण्डिङको पहिलो नम्बरमा पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने समय दुई दिन बाँकी रहँदा ट्वीटरका प्रयोगकर्ताले नाकाबन्दीमा भारतले देखाएको निर्दयीपनको विरोधस्वरुप #BlockadeWasCrimeMrModi ह्‍यासट्‍याग गरेर पोस्ट गर्न थालेपछि यो ट्‍याग नम्बर एकमा आएको हो।

यो ट्रेण्डमा ट्वीटर प्रयोगकर्ताहरुले भारतले लगाएको त्‍यो नाकाबन्दीको खुलेर विरोध गरेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शु्क्रबारदेखि हुन लागेको भ्रमणमा नागरिक अभिनन्दन नगर्नसँगै कम्‍युनिष्ट र कांग्रेस निकट सरकारका प्रवृतिहरुलाई समेत आलोचना गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यससमय भारतीय नाकाबन्दीमा आफुले झेल्‍नु परेको पीडालाई धेरैले ट्वीट् गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com